बैंक अफ काठमाण्डौको लुटपाट क्यासियरकै योजनामा
Published on: Tuesday, December 25, 2012 //
news
२५ लाख दिएर काठमाण्डौबाट लुटेरा
१० मंसिर, दाङ । चार दिनअघि दाङको
तुलसीपुरस्थित बैंक अफ काठमाडौको शाखामा भएको लुटपाटका प्रमुख योजनाकार
सोही बैंकका क्यासियर रहेको खुलेको छ । पटक-पटक बैंकको रकम हिनामिना
गरिसकेका क्यासियर खगेन्द्र बस्नेतले हिसाब मिलान गर्न अप्ठारो भएपछि
काठमाण्डौंबाट लुटेरा बोलाएर लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट
खुलेको छ । तीन जनाको समूहमा आएका लुटेराहरुले बैंकवाट शुक्रवार साँझ
बैंकको शाखावाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ लुटेका थिए ।