नेपाली विद्यार्थीले बनाए फोनबाटै वत्ति बाल्ने र निभाउने प्रविधी
Published on Sunday, December 16, 2012
8:10 PM //
news
१ पुस, धनगढी । कैलालीका एक विद्यार्थीले
टेलिफोनकै भरमा वत्ति बाल्न र निभाउन सक्ने प्रविधी विकास गरेको दाबी गरेका
छन् । भेरी प्रविधिक शिक्षालय नेपालगञ्जमा इलेक्टि्रकल इन्जिनियरिङ तेस्रो
बर्षमा अध्यनरत् सुमन पौडेलले ‘काँइचो युनिभर्सल स्वीच’ बनाएका हुन् ।
उनका अनुसार सीमकार्डमा सिस्टम जडान
गरेपछि फोनकै भरमा बत्ति अन र अफ गर्न सकिन्छ । यसलाई ढोका लगाउन र
खोल्नसमेत प्रयोग गर्न सकिने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो-
‘विश्वको जुनसुकै ठाउँमा रहे पनि फोन गरेकै भरमा बन्द गर्न र खोल्न सकिन्छ ।
यसलाई कार, कर कारखाना लगायतमा प्रयोग गर्न सकिन्छ ।’
पौडेलले २ हजार ४ सय ७५ रुपैयाँको उपकरण
किनेर १५ दिनमा यो प्रविधि बनाउनुभएको हो । कैलाली घर भएका पौडेलले यसअघि
पनि सेन्सर लाइट, होम सेक्युररिटी सन्टेरको सफल प्रयोग गर्नु भएको थियो ।












0 comments