सुमिना भन्छिन्, ‘नाइन ओ क्लक सेक्स केन्द्रित सिनेमा हो’
Published on Sunday, December 16, 2012
7:30 PM //
Entertainment
छायांकनदेखि नै सिनेमाको कथावस्तुका कारण
बिबादमा परिरहेको चलचित्र ‘नाइन ओ क्लक’को आइतबार अडियो बिमोचन गरिएको छ ।
चलचित्रको अडियो बिमोचन कवियत्री उषा शेरचन, नायिका सुमिना घिमिरे,
निर्देशक बाबुराम ढकाल लगायतले गरेका थिए । चलचित्रमा ३ वटा गीत समावेश
गरिएको छ । कन्काइष्ट राईको संगीत रहेको चलचित्रका गीतमा राजेश पायल राई,
रजिना रिमाल, इन्दिरा जोशी, शिव परियार लगायतका गायक तथा गायिकाले आवाज
भरेका छन् । चलचित्रका गीतमा दयाराम पाण्डे, प्रमोद ढुंगाना र
कन्काइष्ट
राईको शब्द छ ।
रामशरण उप्रेतीको छायांकन, पुनम राई र
कविराज गहतरजाको नृत्य, विपिन मल्लको सम्पादन, प्रकाश पुरीको लेखन रहेको
चलचित्रमा ध्रुव दत्त, सुमिना घिमिरे, दिक्षा पाठक, पदम जीसी, राजन
त्रिपाठी, सवुश्री लगायतका कलाकारको अभिनय छ । रमेश संवेदनाको निर्माणमा
तयार भएको यो चलचित्र फागुनको ११ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रको
विभिन्न १२ वटा देशमा विशेष प्रदर्शन गरिने निर्माता संवेदनाले जानकारी दिए
। कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका विभिन्न चलचित्रकर्मी तथा
पत्रकारहरुको उपस्थिती थियो । चलचित्र आर्यन फिल्मस्को व्यानरमा तयार भएको
हो ।












0 comments