फेरि पाँच दिनको म्याद
Published on Tuesday, December 18, 2012
3:45 PM //
news
राष्ट्रपति रामवरण यादवले सहमतिका लागि थप पाँच दिन दिएका छन्। पाँचौ पटक
थपिएको म्याद अब पुस ७ गते शनिबार सकिनेछ। ८ गते राष्ट्रपति भारत भ्रमण
जाने कार्यक्रम रहेको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष ७ गते शनिवारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । आज्ञाले,
हरिकुमार श्रेष्ठ
प्रवक्ता

0 comments