Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

अस्पताल नजिकै दिउँसै यौन क्रियाकलाप, प्रहरी मौन

Published on Saturday, December 15, 2012 8:00 AM //


३० मंसिर, सिरहा । प्रहरी निकायको वेवास्ताका कारण लहानको अस्पताल चोकमा रहेका क्याबिन रेस्टुरेन्टमा खुल्मखुल्ला वेश्यावृत्ति हुने गरेको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल तथा रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल नजिकै रहेका ती रेस्टुरेन्टहरुमा चल्ने यौनजन्य क्रियाकलापले बिरामी जँचाउन आउने कुरुवा, स्वास्थ्यकर्मी तथा स्थानीयहरुलाई अप्ठ्यारोमा पार्ने गरेको गोरखापत्र दैनिकमा खबर छ ।

रेस्टुरेन्टमा काम गर्ने महिलाका कारण दिउँसो ३ बजेपछि अस्ताल चोकको वातावरण नै खल्बलिन्छ, अस्पताल चोकका स्थानीय बासिन्दा जुगमलाल कामतीले भन्नुभयो, अस्पताल चोकमा क्याबिन रेस्टुरेन्ट बन्द गराउन गरेको धेरै पटकको प्रयास स्थानीय प्रहरीको उदासिनताका कारण विफल भएको छ ।
रेस्टुरेन्टमा काम गर्ने युवतीसँग मातेर निस्कने युवाले अस्पतालका महिला स्वास्थ्यकर्मीहरुलाई सडकमा देखेपछि जिस्काउने र ग्राहक नपाउँदा रेस्टुरेन्टका युवतीले चोकमै आएर स्थानीय युवाहरुलाई रेस्टुरेन्टतर्फ लैजाने प्रयासले अस्पताल चोकको वातावरण धुमिल हुँदै गएको स्थानीयबासीको गुनासो छ । अस्पताल चोकमा पाँच बर्षदेखि क्याविन रेस्टुरेन्टमार्फत यौनजन्य क्रियाकलाप फस्टाएको स्थानीयले जानकारी दिएका छन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!