कीर्तिमान राख्न खोज्दा आगोमा जलेका युवाको निधन
Published on Friday, December 14, 2012
2:32 PM //
news
२९ मंसिर, काठमाण्डौं । आगोमा मोटरसाइकल
गुडाएर कीर्तिमान राख्ने अभियानमा लागेका युवालाई सघाउँदा जलेर घाइते भएका
तनहुँका सुरेश पन्थको उपचारका क्रममा मृत्यु भएको छ । पन्थको उपचारका
क्रममा वीरअस्पतालमा गएराती निधन भएको हो ।
सुरुङभित्र पसेर आगो लगाउन थालेका २८
बर्षका पन्थको शरीरको ९० प्रतिशत भाग जलेको थियो । मोटरसाईकलमा चढी गोठ
भित्र आगो लगाउँदै गरेका उहाँहरु एक्सासी चारै तर्फबाट सल्केको आगोमा परेका
थिए । भारतीय सेनामा कार्यरत पन्थको उपचारका लागि भारत लैजाने तयारी भएपनि
बिहीवार दिउँसो सुधार देखिएपछि भारत लैजाने योजना रोकिएको थियो । तर उनको
राती नै निधन भयो ।
उनीसँगै आगो लगाउनेक्रममा घाइते भएका भरतसिंह थापाको भने लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
0 comments