Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

जस्टिन बिबरको हत्या गर्ने षड्यन्त्र असफल

Published on Friday, December 14, 2012 1:45 PM //

न्युयोर्क, मंसिर २९ (एजेन्सी) - विश्वविख्यात किशोर गायक जस्टिन बिबरको हत्या गर्ने र नपुसंक बनाउने षड्यन्त्र असफल पारेको प्रहरीले बताएको छ। डाना मार्टिन नामका हत्याराले बिबरको दुवै अण्डकोष काट्नेलाई २५ सय डलर दिने बताउँदै उनको अपहरण गर्ने, नपुसंक पार्ने र हत्या गर्ने षड्यन्त्र रचेको बताइएको छ।


अदालतमा प्रस्तुत गरिएका कागजात अनुसार उनले यो कामका लागि अरु दुई जनालाई खटाएका थिए। गत नोभेम्बर २८ र २९ तारिखमा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा भएको कन्सर्टका क्रममा आक्रमण गर्ने उनीहरुले योजना बनाएका थिए।
मार्टिनले जेल वार्डेनलाई यो षड्यन्त्रको बारेमा बताएपछि योजना असफल हुन पुगेको थियो।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!