Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

'दबंग ३' पनि बन्ने

Published on Friday, December 14, 2012 12:58 PM //

मुम्बई, मंसिर २८ (एजेन्सी)- आउँदो फिल्म 'दबंग २'को प्रवर्द्धनमा व्यस्त अभिनेता सलमान खानले तेस्रो शृंखला पनि बन्ने जानकारी दिए। उनका अनुसार 'दबंग ३'मा पहिलो 'दबंग'भन्दा अघिको कथा हुनेछ।

'हामीले तेस्रो शृंखलाको कथा तयार पारेका छौं तर यसपालि पछाडि फर्केर चुलबुल पाण्डे कसरी चुलबुल पाण्डे बन्यो भन्ने देखाउँछौं, दोस्रो शृंखला हिट भयो भने तेस्रो बनाउनेछौं,' सलमानले भने। उनले फिल्ममा भ्रष्टाचारी तर सफा हृदय भएको प्रहरी चुलबुल पाण्डेको भूमिका निर्वाह गरेका छन्।


सन् २०१० मा रिलिज भएको 'दबंग'को निर्देशन अभिनव कश्यपले गरेका थिए। त्यसमा सलमान र नवअभिनेत्री सोनाक्षी सिन्हाको अभिनय थियो।
'दबंग २'मा देखिएकी सोनाक्षी तेस्रो शृंखलामा पनि रहनेछिन्। 'दबंग ३ मा सोनाक्षी र उनका बुबा शत्रुघ्न सिन्हा हुनेछन् तर हामीबीच भेट हुँदैन,' सलमानले भने।
सलमानकै भाइ अरबाज खानद्वारा निर्देशित 'दबंग २'मा प्रकाश राज खलनायक बनेका छन्। फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!