सलमानलाई छाडेर अजय देवगन शाहरुखतिर
Published on Sunday, December 16, 2012
6:44 PM //
Entertainment
बलिउडमा सलमान खान र शाहरुख खानबीचको
कित्ताकाटका बारेमा सायद कोहीपनि बेखबर छैन होला । दुइ खानबीचको लडाइँले
कतिपय नवआगन्तुकलाई फाइदै भएको छ भने कतिपय कसलाई सपोर्ट गर्ने भन्ने भेउ
नपाएर विलखबन्दमा पनि परिरहेका छन् । बलिउडका अभिनेता अजय देवगनले पनि दुइ
खानको यो रस्साकस्सीमा अहिलेसम्म सलमानलाई साथ दिँदै आएका थिए । तर
पछिल्लोपटक अजय र शाहरुखको हेलमेल बढेपछि सलमान हेरेको हेर्यै भएका छन् ।
समाचार अनुसार फिल्ममा अजय देवगन एक दमदार
भूमिकामा देखा पर्नेछन् । बढेको खटपटका कारण अब शाहरुख र अजय एकै फिल्ममा
देखा पर्न गाह्रो हुनेछ भन्ने आम अनुमान विपरित रोहित सेट्टीको प्रयासमा
देवगन र शाहरुखबीच मिलापत्र भई नयाँ फिल्ममा सँगै काम गर्ने सहमति भएको
बताइएको छ ।












0 comments