
मुम्बई,
पुस ३ (एजेन्सी) - पुजा भट्टको जिस्म २ बाट बलिउड डेब्यु गरेकी इन्डो -
क्यानेडियन पोर्नस्टार सन्नी लिओन एकता कपुरको सेक्स-हरर फिल्म रागिनी
एमएमएस २ को तयारीमा जुटेकी छिन्। २०११ मा आएको सस्तो बजेटको फिल्म रागिनी
एमएमएस सुपरहिट भएको थियो। निला चलचित्रमा अभिनय गर्दै आएका सन्नी लिओनको
यो दोस्रो बलिउड फिल्म हुनेछ।
'यसको तयारी सुरु भएको छ जसले मलाई एक्साइटेड बनाइरहेको छ,' सन्नीले ट्विट
गर्दै भनेकी छिन्, 'मलाई विश्वास छ मैल अर्को ठूलो व्यानरको फिल्ममा काम
गर्न पाउनेछु।'
0 comments