बैंकमा खाता खोल्न अन्तवार्ता दिनुपर्ने !
Published on Tuesday, December 18, 2012
6:28 PM //
news
राष्ट्र बैंकले एक साताअघि सम्पत्ति
शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने
भन्दै खाता खोल्ने प्रक्रियालाई झन्झटिलो बनाएको हो ।
नयाँ व्यवस्थाअनुसार खाता खोल्न पतिपत्नी,
बाबुआमा, बाजेबज्यै, छोराछोरी र बुहारीको नागरिकता नम्बर, जारी गरेको
कार्यालय र जारी मितिसमेत उल्लेख गर्नुपर्ने हुन्छ । रोजगारीमा रहेका भए
संस्थाको नाम, ठेगाना, पद र अनुमानित वाषिर्क आम्दानीसमेत उल्लेख
गरेपछिमात्र खाता खेाल्न पाइन्छ ।
बैंकले आवश्यक ठाने अन्तवार्तासमेत लिन
पाउने व्यवस्था गरिएको छ । व्यवसाय सञ्चालन गरिरहेकाहरुले स्थायी लेखा
नम्बरका साथै अनिवार्य रुपमा वाषिर्क कारोबार हुने अनुमानित रकमसमेत उल्लेख
गर्नुपर्छ ।
‘एउटा खाता खोल्नलाई कैंयाँै किसिमका
कागजातहरु आवश्यक पर्ने व्यवस्था गरिएको छ,’ हिमालयन बैंकका प्रमुख
कार्यकारी अधिकृत अशोक राणाले भने, ‘यसले गर्दा अहिले खाता खोल्न झन्झटिलो
बनेको छ,’ नागरिक दैनिकमा खबर छ ।
नयाँ व्यवस्था अनुसार, खाता खोल्नेले आफु
बसेको ठेगाना पुष्टि हुने कागजात पनि उपलब्ध गराउनुपर्ने हुन्छ । खाता
खोल्नेको बैंकका कर्मचारीले स्थलगत अध्ययन गरी तयार पारेको नक्सासमेत
राखिन्छ । डेरामा बस्नेले घरधनीको नाम, थर, ठेगाना र टेलिफोन नम्बर उपलब्ध
गराउनुपर्नेछ । बैंकमा खाता खोलीसकेकाले पनि अब नयाँ विवरण बुझाउनुपर्ने
भएको छ । यसका लागि बैंकहरुले वेबसाइट र पत्रपत्रिका मार्फत आवश्यक विवरण
उपलब्ध गराउन सार्वजनिक आहृवान गरिरहेका छन् ।
0 comments