Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

`सन्यास चाहि हैन`: संचिता

Published on Saturday, December 15, 2012 7:20 PM //


हिरोईन संचिता लुईटेल अभिनय यात्राबाट टाढिएको तीन बर्ष पुरा भईसकेको छ । फष्ट म्यारिज क्रयास पश्चात उनले गरेको सेकेण्ड म्यारिजको उतार चढावले उनी अभिनय यात्राबाट टाढिन पुगेकी हुन् ।
हाल ३ महिनाको छोरी र १५ महिनाको छोरो हुर्काएर काठमाण्डू पुरानोबानेश्वर भिमसेन गोलमा रहेको माईतीको घरमा बसिरहेकी छिन् । उनको दैनिकी टेलिभिजनमा फिल्मका कार्यक्रम हेर्नु र सन्तान स्यहार बाहेक अरु छैन । उनको शारिरीक अवस्थामा नकारात्मक परिवर्तन आएको छैन तसर्थ पनि उनले आफ्नो अभिनय यात्रामा कम्ब्याक हुने सोचाईहरु बुनेकी छिन् । यो बिषयमा उनी भन्छिन्, ' तत्काल यसो गर्छु भन्ने चाहि छैन् तर अहिलेको विश्रामको अवस्था सन्यास चाहि हैन् '। 
स्मरण रहोस उनको समकालिन हिरोईन अरुणिमा लम्साल दुई बर्ष पश्चात अभिनयमा फर्किएकी भर्खर दुई साता भएको छ भने ऋचा घिमिरेको काखे छोरा भएकाले उनको सक्रियता बढ्न अझै केही महिना लाग्ने छ । 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!