केएफसीले ल्याएको मासु अबैध, खाल्डोमा पुरियो
Published on Saturday, December 15, 2012
6:04 PM //
news
३० मंसिर, काठमाडौं । काठमाडौंमा रहेको केएफसी रेस्टुरेन्टका लागि ल्याउँदै गरेको दुई कन्टेनर कुखुराको मासु धादिङ धार्केका किसानले शनिबार नियन्त्रणमा लिएका छन् ।
देशको मागलाई धान्ने गरि कुखुरा र मासु उत्पादन भइरहे पनि केएफसीले विदेशबाट मासु ल्याइरहेको विरोधमा किसानलेचालिसे बजारमा मासुका कण्टेनर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
अनुसन्धानका क्रममा मासु अवैध भएको खुलेपछि करिव ५५ सय केजी खाल्टो खनेर गाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धार्केका किसानले कुखुराको मासु बोकेर आइरहेको एम एच ४३ यु ४३३७ र डि एल १ एम ६५८२ नम्बरका भारतीय कन्टेनर नियन्त्रणमा लिएका थिए । तीन वर्षअघि काठमाडौंमा खुलेको केएफसी रेष्टुरेन्टले थाइल्याण्डबाट कुखुराको मासु ल्याउने गरेको छ ।












0 comments