धरौटी राख्न नसक्दा प्रचण्डलाई थप्पड हान्ने कुँवर जेल चलान
Published on Monday, December 10, 2012
3:30 PM //
news
प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला
प्रशासनमा हाजिर गराएको थियो । सार्वजनिक अपराध मुद्दामा सुनुवाई गर्दै
प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न
आदेश दिएको थियो । तर, धरौटी राख्ने रकम नभएपछि उनलाई केन्द्रीय कारागार
चलान गरिएको छ । उनले अब एक दिनको ३० रुपैयाँ बराबरले तोकिएको धरौटी पुरा
नगरेसम्म जेलमा बस्नु पर्नेछ ।
महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका
पदमलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका ल्याएको केहीबेरमै सीडियो
कार्यालयमा उपस्थित गराइएको थियो । गणका प्रहरीले आजै बिहान पदमका
भिनाजुलाई फोन गरेर कपडा लिएर आउन भनेको थियो ।
कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा
एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगतै
माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।












0 comments