फिल्मीखबर अवार्डमा हाकु काले उत्कृष्ट
Published on Monday, December 10, 2012
4:32 PM //
Entertainment
चौथो संस्करणको फिल्मीखबर डिजीटल अवार्डमा उत्कृष्ट अभिनेताको उपाधि हाकु
काले उर्फ सौगात मल्लले पाएका छन् । लुट फिल्मबाट सौगातले यो अवार्ड पाएका
हुन् । उनी सहित सो फिल्मले छायांकन र नव निर्देशक विद्यामा पनि अवार्ड
पाएको छ ।
यसैगरी अन्दाज फिल्मबाट बेष्ट हिरोईन बनेकी छिन् रेखा थापा । फार मुभिजको यो फिल्मले बेष्ट फिल्म सहित निर्देशक, पटकथा र पाश्र्व गायन महिला र उत्कृष्ट साउन्ड मिक्सङ तर्फको अवार्ड जितेको छ । छायाँछबी क्रिएसनको आयोजनामा आईतबार साँझ आयोजित भब्य जमघटका बीच प्रतिष्पर्धामा रहेका ३१ सहित अन्य चार बिधा गरी जम्मा ३५ अवार्ड प्रदान गरिएको थियो ।
अवार्डमा जुरी अवार्ड नीर शाह निर्देशित मसानको पोल्टोमा परेको छ भने
क्रिटिक्स अवार्ड काठमाण्डू फिल्मले लगेको छ । यसैगरी पब्लिक च्वाईस अवार्ड
चपली हाईट फिल्मले पाएको छ । सम्पूर्ण बिधाका विजेताहरुको नामावली
निम्नप्रकार छ ।
उत्कृष्ट फिल्म : अन्दाज (फार मुभिज)
उत्कृष्ट निर्देशक : उज्जवल घिमिरे (अन्दाज)
उत्कृष्ट अभिनेता : सौगात मल्ल (लुट)
उत्कृष्ट अभिनेत्री : रेखा थापा (अन्दाज)
उत्कृष्ट सह-अभिनेता : ओम प्रतीक (फर्कि आऊ)
उत्कृष्ट सह-अभिनेत्री : नीता ढुङगाना (मसान)
उत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान (लुट)
उत्कृष्ट सम्पादक : दीर्घ खड्का (चपली हाईट)
उत्कृष्ट नवनिर्देशक : निश्चल बस्नेत (लुट)
उत्कृष्ट नव नायक : संयम पुरी (शायद)
उत्कृष्ट फिल्म : अन्दाज (फार मुभिज)
उत्कृष्ट निर्देशक : उज्जवल घिमिरे (अन्दाज)
उत्कृष्ट अभिनेता : सौगात मल्ल (लुट)
उत्कृष्ट अभिनेत्री : रेखा थापा (अन्दाज)
उत्कृष्ट सह-अभिनेता : ओम प्रतीक (फर्कि आऊ)
उत्कृष्ट सह-अभिनेत्री : नीता ढुङगाना (मसान)
उत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान (लुट)
उत्कृष्ट सम्पादक : दीर्घ खड्का (चपली हाईट)
उत्कृष्ट नवनिर्देशक : निश्चल बस्नेत (लुट)
उत्कृष्ट नव नायक : संयम पुरी (शायद)
उत्कृष्ट नव नायिका : बिनिता बराल (चपली हाईट)
उत्कृष्ट केमियो (अतिथि भूमिका) : राजेन्द्र खड्गी (दुलही रानी)
उत्कृष्ट खलपात्र : कमलकृष्ण पौडेल (रावण)
उत्कृष्ट चरित्र अभिनेता : गणेश उप्रेती (फर्कि आऊ)
उत्कृष्ट चरित्र अभिनेत्री : संयूक्ता राणा (काठमाण्डू)
उत्कृष्ट कथा : आकाश अधिकारी (काठमाण्डू)
उत्कृष्ट पटकथा : सुवास सिंह बस्न्यात (अन्दाज)
उत्कृष्ट संवाद : देवयानी (बिजय बस्नेत)
उत्कृष्ट संगीत : दीपक शर्मा (सम्झीराख है)
उत्कृष्ट एरेन्जर : महाराज थापा - आधि खोला उर्लिएर आयो...(सम्झीराख है)
उत्कृष्ट पुरूष गायन : राजेश पायल राई - हाम्रो माया जुनी जुनीलाई... (हाम्रो माया जुनी जुनीलाई)
उत्कृष्ट महिला गायन : माण्डवी त्रिपाठी - सिम्पल सिम्पल कान्छी...(अन्दाज)
उत्कृष्ट हाँस्यकलाकार : विल्सन विक्रम राई (शायद)
उत्कृष्ट बाल कलाकार : सोनिका पौडेल (देवयानी)
उत्कृष्ट द्धन्दनिर्देशन : चन्द्र पन्त (रावण)
उत्कृष्ट कोरियोग्राफी : शंकर वि.सी - हात्ति घोडा हैन ...(रावण)
उत्कृष्ट कला निर्देशन : निर्जल श्रेष्ठ (मसान)
उत्कृष्ट ध्वनी मिश्रण : मनोजराज भण्डारी (अन्दाज)
उत्कृष्ट पार्श्व संगीत : सुनिल बर्देवा (मसान)
उत्कृष्ट मेकअप : सन्तु तामाङ (शायद)
जुरी अवार्ड : मसान
क्रिटिक्स अवार्ड : काठमाण्डू
पब्लिक च्वाईस अवार्ड : चपली हाईट
उत्कृष्ट एनिमेशन : काठमाण्डू अच्यूत गजुरेल
उत्कृष्ट एनिमेशन : काठमाण्डू अच्यूत गजुरेल
0 comments