मह जोडीले हलिउडमा अभियन गर्दै
Published on Monday, December 10, 2012
8:26 AM //
Entertainment,
news
२५ मंसिर, काठमाण्डौं । लामो समयदेखि नेपाली दर्शकलाई हँसाउँदै आएका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य -मह) अंग्रेजी चलचित्र (हलिउड) मा अभिनय गरिरहेका छन् ।
महले ‘सोल्ड’ नामक अंग्रेजी चलचित्रमा पहिलोपटक अभिनय गर्ने अवसर पाएका हुन् ।
मह जोडी यतिबेला पोखरानजिकै हृयाङजाकोटमा ‘सोल्ड’ को सुटिङमा व्यस्त छन् । अमेरिकी निर्देशक जेफ्री ब्राउनको निर्देशकन रहेको यस चलचित्र भारतीइ सहरमा बेचिएकी नेपाली चेलीको पीडामा आधारित छ । नेपाली चेली बेचिएर भारतको कोठीसम्म पुर्याइदा र उनीहरुले त्यहाँ भोग्नुपरेको पिडा चलचित्रको मुख्य कथाबस्तु हो ।
जोसेफ वडको कथा रहेको चलचित्रमा नेपाली, भारतीय र अमेरिकी कलाकारले अभिनय गर्दैछन् । नेपालबाट मह र बलिउडबाट सीमा विश्वास परमब्रत चटर्जीलगायतले अभिनय गरेको नागरिक दैनिकमा खबर छ । अमेरिकी कलाकार तिलोत्तमा सोमे पनि पर्दामा उतारिनेछन् ।












0 comments