Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

संकटा ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा

Published on Wednesday, December 5, 2012 6:28 PM //

२० मंसिर, काठमाडौं । संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा बौद्धलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटा ४ खेलबाट ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो ।

अंकको खाता खोल्न नसकेको बौद्ध भने पुछारमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने बौद्धले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै सुविन श्रेष्ठले गोल गर्दै बौद्धलाई अग्रता दिलाएका हुन् । संकटाका डिफेण्डर मनिस गोलेले बल क्लियर गर्न नपाउँदै उनले खोसेर गोल गरेका हुन् ।
खेलको १७ औैं मिनेटमा हेम तामाङले वर्तमान राईलाई लडाएपछि संकटाले पेनाल्टी पायो । पेनाल्टीमा माबाम्बाले बराबरी गोल गरे । बराबरीपछि बौद्धमाथि दबाव बढाएको संकटाका लागि ४८ औं मिनेटमा कब्बु राईले विजयी षेल गरे सल्यान खड्कीले हानेको कर्नरमा उनले हेड गोल गरेका हुन् । खेलमा दुबै पक्षबाट गोल हुन सकेन र संकटाले २-१ को जित निकाल्यो ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!