Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नेपाल भ्रष्टाचार हुने मुलुकको १ सय ३९ औं स्थानमा

Published on Wednesday, December 5, 2012 5:45 PM //

२० मंसिर, काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको छ । भ्रष्टाचार सम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको हो ।

राजनीतिक संक्रमणको बहानामा सरकार, राजनितक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।
दक्षिण एशियामा अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ भने भुटान कम भ्रष्टाचार हुने देश बनेको छ ।अफगानिस्तान १ सय ७४ र भुटान ३३ औं स्थानमा छन् । यस्तै भारत ९४ औं स्थानमा छ । पाकिस्तान भने नेपालजति नै १ सय ३९ औ स्थानमा छन् भने बंगलादेश १ सय ४४ औ स्थानमा छ । ट्रान्सपरेन्सीको सूचीमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, फिनल्याण्ड र न्यूजील्याण्ड रहेका छन् । यी देशले समान ९० अंक पाएका छन् ।
त्यसपछि क्रमशः स्वीडेन, सिंगापुर, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, नर्वे, क्यानडा र नेदरल्याण्डस् छन् कम भ्रष्टाचार हुने देश रहेका प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा भ्रष्ट मुलुकमा अफ्रिकन देश सोमालिया परेको छ । अमेरिका १९ औ स्थानमा छ भने चीन ८० औ स्थानमा छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!