‘चार सेकेन्ड किस’ र ‘वागवान’को पक्षमा सेन्सरबोर्ड
Published on Wednesday, December 5, 2012
5:02 PM //
Entertainment
चलचित्र सेन्सरबोर्डका नवनियुक्त अध्यक्ष
नारायणप्रसाद सञ्जेलको नीति छ, ४ सेकेन्ड लामो किस, ४ सेकेन्ड लामो वेड सीन
। सिनेमाभित्र योभन्दा लामो दृश्य राखेमा बोर्डले कैंची चलाउने पक्का छ ।
यसको शिकार चलचित्र थ्री लभर्स भैसकेको छ । थ्री लभर्समा ४ सेकेन्ड लामो
किस सिन र ४ सेकेन्ड लामो वेडसिनमात्र राख्न सेन्सर बोर्डले आदेश दिएको छ ।
यतिमात्र होइन, चलचित्र सेन्सर गर्न
पुगेका केही निर्माता भन्छन्, नवनियुक्त अध्यक्षलाई हिन्दी चलचित्र
वागवानजस्तो नेपाली चलचित्र चाहिँदो रहेछ । बोर्डका अध्यक्ष सञ्जेल नेपाली
सिनेमा वागवानजस्तो बन्नु पर्ने भनाइ राख्छन्, एक चलचित्रकर्मीले
अनलाइनखबरसँग भने । हिन्दी चलचित्र बागवान विशुद्ध पारिवारिक चलचित्र थियो ।
सेन्सर बोर्डले सामान्य दृश्यमा समेत
कैंची चलाउन थालेपछि चलचित्रकर्मीहरुमा एकप्रकारको त्रास फैलिएको छ ।
पछिल्ला धेरैजसो नेपाली सिनेमाभित्र चुम्बन र बेडसिनका दृश्यहरु समावेश
गरिएका छन् । तर, सेन्सर बोर्ड यस्ता दृश्यलाई पास नगर्ने पक्षमा रहेको
वुझिन्छ ।












0 comments