Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

‘हमेशा’मा विनिताको प्रचार मात्रै ?

Published on Wednesday, December 5, 2012 4:11 PM //

दशैअघि नायिका बिनिता बरालले चलचित्र हमेशा खेल्ने समाचारले बजारमा राम्रै चर्चा पाएको थियो । विनिताले पनि हमेशा भित्र आफ्नो बिशेष भुमिका भएको भन्दै उत्साहीत भएको बताईन् । रेखा थापाको फिल्ममा विनिताको प्रवेशलाई धेरैले आ आफ्नै तबरबाट अड्कल र मुल्यांकन पनि गरेका थिए ।
विनिताले भने हमेशाको छायांकनमा आफू दशैंपछि जाने प्रतिक्रिया दिएकी थिइन् । तर सिनेमाको छायांकन सकिँदासम्म पनि विनिताको नाम कतै आएन । उल्टो उनको ठाउँमा नायिका अनु शाहलाई अनुवन्धित गरियो र सिनेमाको छायांकन सिध्याइयो । विनिताले आफु नयाँ प्रोजेक्टमा व्यस्त भएको भन्दै हमेशामा काम गर्न नपाएको प्रतिक्रिया अनलाईनखबरलाई दिइन् ।
हमेशाका युनिटका एक व्यक्तिले अनलाइनखबरसँग कुरा गर्दै, सिनेमाभित्र विनितालाई खेलाउने कुरै नभएको बताएका छन् । विनिता सिनेमामा किन अटाइनन् भन्ने प्रश्नमा उनले, विनितालाई खेलाउने कुरा कहिले पनि नभएको बताए । विनिताले आफुले समय दिन नभ्याएर हमेशामा खेल्न भनेकी छिन् नि भन्ने प्रश्नमा उनी हासे मात्र ।
हमेशाको निर्माण पक्षले विनितासँग सिनेमाका लागि कहिल्यै कुरा नगरेको भनाइ उनको छ । हमेशाभित्र विनितालाई राख्ने कुरा नै नचलेको भए सिनेमा खेल्ने भनी गरिएको प्रचार विनिता चर्चामा आउनका लागिमात्र गरिएको देखिन्छ । विनिताले आफू नयाँ प्रोजेक्टमा अनुवन्धित भएको बताए पनि उनले त्यो प्रोजेक्ट के हो भन्नेबारे खुलाउन चाहिनन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!