Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

युवकको हत्याको विरोधमा जनकपुरमा शैक्षिक संस्था बन्द

Published on Wednesday, December 5, 2012 2:35 PM //

अज्ञात समूहले एक युवकको हत्या गरेको विरोधमा आज जनकपुरमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

अज्ञात समूहले गएराति जनकपुर नगरपालिका-४ का २२ वर्षीय गौरीशंकर मिश्रको धारिलो हतियार प्रहार गरी हत्या गरेको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आज जनकपुरभरका शिक्षण संस्था बन्द गराएका हुन् । उनीहरुले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग छन् ।

हिजो साँझ जनकपुरको भैरब चोकमा अज्ञात व्यक्तिहरुको समूहको छुरा प्रहारबाट मिश्रको घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानीय मोडल पब्लिक क्याम्पसमा बीबीएमा अध्ययनरत थिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!