Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

थ्री लभर्सलाई पिजी सर्टिफिकेट

Published on Wednesday, December 5, 2012 1:54 PM //

आगामी शुक्रबार अर्थात मंसिर २२ गते रिलिज हुन लागेको  फिल्म 'थ्री लभर्स' लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार अन्तिम पटक फिल्म हेरे पश्चात केहि सिन र संवाद समेत हटाउन लगाउँदै सेन्सर बोर्डले पिजी सर्टिफिकेटका साथ प्रदर्शनको अनुमती दिएको हो ।

 
फिल्म सेन्सर भए पश्चात फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरेश दर्पण पोखरेलले पछिल्लो समय आएका केहि भल्गर फिल्मको शिकार आफ्नो फिल्म भएको बताए । उनले भने, 'मेरो फिल्ममा कुनै आपत्ति नहुने सिनमा पनि बोर्डले आपत्ति जनाउँदा निकै अचम्म लाग्यो । मलाई लाग्छ यो सबै पछिल्लो समय आएका केहि भल्गर फिल्मको परिणाम हो ।' फिल्मको कथाबस्तु र प्रस्तुती नबुझी सेन्सर गर्ने सदस्यहरू प्रति व्ययङ्ग हान्दै पोखरेलले भने, 'अब त गुन्यू चोली लगाएर डोको बोकी भिरपाखामा गीत गाउँदै हिड्ने खालको फिल्म मात्र बनाउनु पर्ने भयो ।'

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!