Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

गेसपेपरमा प्रतिबन्ध

Published on Wednesday, December 5, 2012 10:00 AM //


२० मंसिर, काठमाण्डौं । सरकारले परीक्षामा गेसपेपरको प्रयोगलाई प्रतिबन्ध लगाउने भएको छ । गेसपेपरका कारणले विद्यार्थीको पढ्ने क्षमतामा पूर्ण रुपमा ह्रास आएको ठोकूवा गर्दै शिक्षा मन्त्रालयले यो बर्षदेखि नै माध्यमिक र उच्च माध्यमिक तहमा प्रतिबन्ध लगाउने निर्णय गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।

मंगलबार मन्त्री स्तरीय निर्णय गरी गेसपेपरलाई पूर्ण प्रतिवन्ध लगाइने भएको हो । शिक्षासचिव सुरेशमान श्रेष्ठले यो बर्षको एसएलसी र उच्च माविको परीक्षामा गेसपेपर प्रयोग गर्न नपाइने निर्णय गरेको जानकारी गराउँदै गेसपेपर प्रयोगकर्ता र प्रकाशकलाई कारबाही गर्ने तयारी गरेको बताउनुभयो । गेसपेपर प्रयोगकता र प्रकाशकलाई शिक्षा ऐनअनुसार कारबाही गरिने पनि सचिब श्रेष्ठले बताउनुभयो ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!