Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

२५ हजार शिक्षक नियुक्तिको बाटो खुल्ला

Published on Wednesday, December 5, 2012 8:59 AM //


२० मंसिर, काठमाण्डौं । सरकारले १७ बर्षपछि खुल्ला प्रतिष्पर्धाबाट स्थायी शिक्षक नियुक्ति गर्ने भएको छ । हाल २५ हजार ६ सय ७४ शिक्षक दरबन्दी रिक्त छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षक सेवा नियमावलीलाई संशोधन गरेको छ र यसलाई शिक्षक सेवा आयोगलाई खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्तिको बाटो खुलेको छ ।

शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालले भन्नुभयो-’संशोधित नियमावली राजपत्रमा प्रकाशित हुनुका साथै विज्ञापन आह्वानका लागि सार्वजनिक सूचना प्रकाशित गर्नेछौं ।
सरकारले २०५२ सालमा खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्तिका लागि आयोग नखोलेको खबर गोरखापत्र दैनिकले छापेको छ । २०६१ सालमा आन्तरिक प्रतियोगिताबाट १२ हजार ९६ शिक्षक नियुक्ति गरिएको थियो । त्यसबेला बाँकी रहेका दरबन्दीमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गरिने भनिएपनि शिक्ष र विद्यार्थीबीचको द्धन्द्धका कारण सो प्रक्रिया हालसम्म थन्किएको थियो ।
गत २०६३ बैशाख ११ गतेयता रिक्त भएका दरबन्दीमा मात्र शिक्षक नियुक्ति गरिनेछ । शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले भन्नुभयो ‘गत २०६३ बैशाख ११ गते अघि रिक्त भएका दरबन्दीमा नियुक्ति गर्न भने शिक्षा ऐन संशोधन हुनुपर्दछ ।’

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!