हवाईजहाजभित्रै सर्पले डसेपछि
Published on Wednesday, December 5, 2012
7:15 AM //
news
२० मंसिर, काठमाण्डौं । इजिप्टको कुबेतका लागि उडेको जहाजमा सर्पले यात्रुलाई डसेपछि इजिप्टको हुर्गाड एयरपोर्टमा आकस्मिक रुपमा जहाज अवतरण गरिएको छ । ग्लोवल न्युजका अनुसार इजिप्ट एयरको जहाजमा सोमबार यात्रुलाई सर्पले डसेपछि पाइलटले अकस्मात जहाज अजतरण गराएका थिए । सर्प यात्रुको झोलामा आएको हुनसक्ने आशंका गरिएको छ ।
घटनापछि उक्त जहाजमा रहेका अन्य यात्रुलाई पनि सर्पले डसेको आशंकामा स्वास्थ्य परीक्षण गराइएको थियो । नेपाल वायुसेवा निगमका प्रवक्ता सरोज कसजूले विश्वमा आउने यस्ता घटना भइपरी आउने आकस्मिक घटना भएको र नेपाली एयरलायन्सको इतिहासमा भने यात्रुलाई सर्पले डसेको घटना नभएको बताउनु हुन्छ ।
नेपाल नागरिक उड्यन प्रधिकरणका क्याप्टेन दीपक लामाले नेपालका तराई भेगमा रहेका विमान स्थलमा सर्प देखिने भएकाले आफूहरु सर्तक रहेर काम गर्ने गरेको जानकारी दिनुभएको खबर गोरखापत्र दैनिकले छापेको छ ।












0 comments