Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

फेसबुक साथीले गोप्य कुरा गर्नुछ भनि एक युवतीलाई कोठामा लगेर गरे बलात्कार

Published on Tuesday, December 4, 2012 9:20 PM //


काठमाडौं, असार २१ । फेसबुकमा चिनजानेकै आधारमा कुराकानी र भेटघाट बढाउंदा प्लस टू पढ्दै गरेकी एक युवती बलात्कृत हुन पुगेकी छन् । काठमाडौं गौशालाकी २० बषिर्या चौधरी थरकी युवती फेसबुकबाट साथी बनाएको केटावाट लुटिन पुगेकी हुन । 


६ महिना अघि चौधरी रायमाझी फेसबुक साथी भएपछि यिनीहरुबीच नियमित रुपमा च्याट पनि हुने गरेको थियो । च्याट मार्फत नजिकिएपछि रायमाझीले भेट्ने प्रस्ताव राखेका थिए । फेसबुकमा च्याट र फोन हुंदै भेट्न पुगेकी युवतीलाई दीपेन्द्र रायमाझी नामका युवाले गेष्टहाउस लगेर इज्जत लुटेका हुन । नयां वषपार्क नजिक गोंगवुमा गेष्ट हाउसमा साथि बनाएका रायमाझी बलात्कार गरेर बेपत्ता भएका छन ।

पहिलो पटक भेट्दा राम्रै लागेर भेटेको भन्दै युवतीले भनिन दोस्रो पटक भेटेको हो उसले मलाई गोप्य कुरा गर्नुछ भनेर गेष्टहाउस लग्यो र मलाई जर्वजस्ती गर्यो । युवतीले आफुलाई बलात्कार गर्ने रायमाझि विरुद्ध महानगरिय प्रहरीमा उद्दा समेत दर्ता गराएकी छिन ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!