Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नेपालीलाई यौन दुर्ब्यबहार गर्ने अष्ट्रेलियाली वकिल पक्राउ

Published on Wednesday, December 5, 2012 7:10 PM //

२० मंसिर, सिड्नी । सयौं आप्रवासी नेपालीहरुलाई कानुनी परामर्श दिने अष्ट्रेलियाका ‘हाइप्रोफाइल’ वकिल यौन दुर्ब्यबहारको अभियोगमा समातिएका छन् ।
शरणार्थी र आप्रवासी मामिलासम्बन्धी परामर्शमा नाम कमाएका ६० बषिर्य डेभिड बाइटेललाई प्रहरीले मंगलबार पक्राउ गरेको अष्ट्रेलियाबाट प्रकाशित कम्युनिटी न्यूज पोर्टल एयुनेपाल डटकमले जनाएको छ ।
नेपाली, पाकिस्तानी, बंगलादेशी र भारतीय ग्राहकलाई आफ्नै कार्यालयमा दुब्र्यबहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । सन् १९९५ देखि २००४ को बिचमा उनले यी चार जना आप्रवासीलाई यौन दुब्र्यबहार गरेको प्रहरीले अभियोग लगाएको छ । प्रहरीले अभियोगबारे केही नबताएपछि अष्ट्रेलियाली संचारमाध्यमहरुले उनको अभियोगबारे खुलाएका छन् ।

उनलाई रक्स पुलिस स्टेनस लगिएको कडा सर्तसहित धरौटीमा रिहा गरिएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । यौनसम्बन्ध र यौन दुब्र्यबहारका सातवटा अभियोग लगाइएको समाचार उल्लेख छ ।
उनका एक ४२ बषिर्य नेपाली ग्राहक जो अहिले अष्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट छन, उनले बाइटेललाई १९९५ मा भेटेको बताए । बाइटेल सोही सालदेखि करिव एक दशकसम्म अष्ट्रेलिया रेफ्युजी काउन्सीलको अध्यक्ष रहे भने अष्ट्रेलिया रेफ्युजी फाउन्डेसनको अध्यक्ष र रेफ्युजी एडभाइस एण्ड केसवर्क सर्भिका संस्थापक पनि रहे । शरणार्थी तथा मानवअधिकारसम्बन्धी बिभिन्न संस्थामा संलग्न रहेका र अवार्डसमेत जितेका यी हाइ प्रोफाइल वकिललाई अष्ट्रेलियामा रहेका बंगलादेशीहरुका पिता पनि भनिन्छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!