आफै चढेको बसले किचेर युवकको मृत्यु
Published on Wednesday, December 5, 2012
7:44 PM //
news
विराटनगर, मंसिर २० - विराटनगर-जोगवनी सडकखण्डमा चल्ने एक बसको ढोकबाट खसेर
आज एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत पूर्णिया नेहरु
चौकका २१ वर्षीय रुपेशकुमार मण्डल रहेको बताइएको छ।
जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको को१ख १८३३ नम्बरको बसको ढोकाबाट
विराटनगर-१८ स्थित जतुवा नहर अगाडि खसेका मण्डललाई सोही बसको पछाडिको
चक्काले किचेको थियो।
घाइते मण्डलको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय मोरङले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ।
-रासस












0 comments