१४ बर्ष पछि दर्शकले पत्याउलान् त सरोजलाई ?
Published on Monday, December 3, 2012
6:11 PM //
Entertainment
‘मैले गीत छोडी आए फुलको
तरेलीमा’…….चलचित्र ‘सारङ्िग’मा नायक सरोज खनालले यो गीतमा अभिनय गर्दा
धेरैको मन छोएको थियो । नेपाली सिनेमा क्षेत्रमा कुनै बेला सरोज खनालको
क्रेज अत्याधिक थियो । सरोज खनालका नाममा हलमा दर्शकहरु ओइरिन्थे ।
१४ बर्षपछि नायक खनाल पुनः एकपटक पर्दामा
र्फकदै छन् । चलचित्र ‘मानव’ बाट उनले नेपाली चलचित्रको रंगिन पर्दामा पुनः
आगमन गर्न लागेका हुन् । कुमार आचार्यको निर्माणमा तयार भएको यो चलचित्रमा
अभिनय गरेर सरोज अमेरिका फर्केको पनि लामै समय भैसकेको छ । तर चलचित्रको
प्रदर्शनको पालो भने भर्खर मात्र आएको छ । यो चलचित्र माघ महिनामा
प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।
यादव सिलवालको निर्देशनमा तयार भएको
चलचित्रमा सरोजलाई नायिका दिपशिखा शाहीले साथ दिएकी छिन् । चलचित्रमा
निश्चल श्रेष्ठको कथा तथा गीत, विकास चौधरीको संगीत छ । सरोज खनालका
फ्यानहरुका लागि ‘मानव’ नौलो स्वाद हुने विश्वास निर्माणपक्षको छ ।












0 comments