Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

जोखिम मोल्न रुचाउँछिन् करिना कपुर

Published on Monday, December 3, 2012 6:59 PM //

सन् २००० देखि फिल्ममा पदार्पण गरेकी बलिउड नायिका करिना कपुरले एक दशकको बलिउड यात्रा पार गरिसकेकी छिन् । करिनाले बताएकी छिन् कि उनी फिल्म छान्ने क्रममा जोखिम लिन्छिन्, उनलाई भिन्न भिन्न भूमिकामा देखिन मनपर्छ ।

फरक फरक फिल्ममा अभिनय गरेकी करिनाले 'बडिगार्ड' जस्तो मसलेदार र 'हिरोइन' जस्तो महिला प्रधान फिल्ममा अभिनय गरिसकेकी छिन् । ३२ वर्षीय यि नायिकाका अनुसार एक अभिनेत्रीको कर्तव्य हो कि ऊ प्रशंसकको लागि विविधायुक्त फिल्म खेलोस् । फिल्ममा जोखिम मोल्नको लागि आनन्द आउने बताउँदै करिनाले केवल गीत र नृत्य भएको फिल्म खेल्न नरुचाउने पनि बताइन् ।


भर्खरै रिलिज भएको फिल्म 'तलाश' मा एक वेश्याको भूमिका निभाएकी करिनाको भूमिकाको सबैले प्रशंसा गरेका छन् । फिल्म तलाशले बक्स अफिसमा रेकर्ड राख्न सफल भइसकेको छ । तलाशमा आमिर खान, रानी मुखर्जी र करिनाको अभिनय रहेको छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!