Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

क्यान्सरले साथीको मृत्युपछि डराएकी थिइन् मनिषा

Published on Monday, December 3, 2012 7:35 PM //

भारतको जसलोक अस्पतालमा पाठेघरको अप्रेसनपछि थप उपचारको लागि न्यूयोर्क लगिएको मनिषालाई पहिले नै आफूमा क्यान्सर भएको शंका लागेको उनको साथीले बताएकी छिन् ।

उनको साथीको भनाई उदृत गर्दै टाइम्स अफ इण्डियाका अनुसार मनिषाको नजिकका दुई साथीको क्यान्सरकै कारण निधन भएको थियो र साथीहरुको निधन भएपछि आफूमा पनि क्यान्सर भयो कि भन्ने आशंका मनिषाले गरेकी थिइन् । सोही अनुसार उनले आफ्नो स्वास्थ्यमा गडबढी हुन थालेपछि केही समय अनुसार आफ्नो पूरा शरीरको चेकअप गराएकी नाम नखुलाउने शर्तमा भनेको भन्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


८ महिनाअघि कलाकार मोना कपुरको क्यान्सरकै कारण निधन भएको थियो भने ३ महिनाअघि अर्का सिनेकर्मी अशोक मेहताको फोक्सोको क्यान्सरको कारण निधन भएको थियो । यि दुबै मनिषाको नजिकका साथी हुन् । अहिले मनिषाको स्वास्थ्यमा सुधार आएपनि उनी पूर्णरुपमा निको भइसकेपछि यथार्थ बताउन चाहेको ती साथीले बताएकी छिन् । बैवाहिक सम्बन्ध कमजोर भएपछि उनी पूर्णरुपमा गलेकी उनको साथीले बताएकी छिन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!