काभ्रेमा पाइप बम विष्फोट
Published on Monday, December 3, 2012
3:50 PM //
news
काभ्रे,मंसिर १८ । काभ्रेको बनेपा स्थित दुरसञ्चार चोकमा पाइप बम विष्फोट
भएको छ । सोमवार विहान भएको विष्फोटवाट कुनै मानवीय तथा भौतिक क्षति भने
भएको छैन । विष्फोट भएको स्थानमा विश्व सेना विशाल नेपालको पर्चा भेटिएको छ
। पर्चामा लोकतन्त्र र गणतन्त्रका नाममा देश लुट्न र टुक्राउन नपाइने
लेखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक खेम अर्यालले
जानकारी दिनुभयो । घटनावारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।












0 comments