Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

विवादका बीच सकियो विध्यवासिनी अवार्ड

Published on Monday, December 3, 2012 2:24 PM //

यसबर्षको विन्ध्यवासिनी म्युजिक अवार्ड विवाद र आरोपको घेराभित्र रुमलिँदै सकिएको छ । अवार्डका लागि रकमको ठूलै चलखेल भएको खबरले विन्ध्यवासिनी म्युजिक अवार्डलाई विवादबाट टाढा राख्न सकेन । यस्तै अवार्ड सम्पन्न हुनुअघि नै लाइफ टाइम एचिभमेन्ट अवार्ड र पुरस्कृतहरुको नाम सार्वजनिक हुँदा अवार्ड खल्लो हुन पुग्यो ।
नेपालमा आयोजना हुने प्रायजसो अवार्ड विवादबाट मुक्त हुन सकेका छैनन् । यसैबीच आयोजना भएको विन्ध्यवासिनी म्युजिक अवार्ड पनि विवादको घेरामा रहन पुग्यो । यसबर्षको अवार्ड कार्यक्रममा गीतकार किरण खरेललाई भक्तराज आचार्य लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरिएको छ । उनर्ला ५१ हजार एक सय ५१ नगद सहित सम्मान गरिएको हो । आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा नेपाली सांगीतिक श्रष्टाहरुको बाक्लो उपस्थिती थियो ।
यसबर्षको सुगम संगीत गायकको अवार्ड सत्यराज आचार्यलाई प्रदान गरियो । यस्तै, सुगम संगीत तर्फ गायीकाको अवार्ड मिलन अमात्यले प्रदान गरिन् । सर्वोत्कृष्ट गीत शैलेन्द्र शरद, सुगम संगीत गैरे सुरेश, सुगम संगीत रचना सीपी गौतमलाई अवार्ड प्रदान गरियो ।
उत्कृष्ट एल्बम बिहानी, पपसंगीत कमल खत्री, पपगायक दिपेशकिशोर भट्टराई, पपगायिका आकांक्षा बस्याल, लोकदोहोरी भाका र गीततर्फ मिलन लामा विजयी भए । यस्तै, विन्ध्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट चलचित्र संगीतको अवार्ड अर्जुन पोखरेलले हात पारे । उनले चलचित्र बिन्दासबाट यो अवार्ड हात पारेका हुन् ।
कुल २८ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रममा नेपाली सांगीतीक क्षेत्रका चर्चित गायक तथा गायिकाले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!