जनगणनाको परिणाम नसच्याए आन्दोलन गर्ने चेतावनी
Published on Monday, December 3, 2012
1:30 PM //
news
नेपाल
सरकार, राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले मंसिर १० गते
सार्वजनिक गरेको वि. स. २०६८ सालको जनगणनाको परिणाम गलत भएको भन्दै नसच्याए
आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
आदिवासी
जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीलगायत आदिवासी जनजातिका
जातीय संस्थाका अगुवाहरुले डिसीनेपालडटकमलाई यस्तो बताएका हुन् ।
उनीहरुले आईतबार पोखराको शहीद चोकमा विरोध कार्यक्रम आयोजना गरी जनगणना २०६८ को प्रतिवेदन पनि जलाएका थिए ।
आदिवासी
जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती आदिवासी जनजातिको १२ जाति
नै लोप गराउने षडयन्त्रको विरुद्ध आन्दोलन शुरु भएको प्रतिक्रिया दिए ।
उनले जातिय पहिचान नै मेटाउने गरी सार्वजनिक गरेको तथ्यांक नसच्याए
जस्तोसुकै मुल्य चुकाउन आदिवासी जनजातिहरु तयार रहेको बताएका छन् ।
जनगणनाको प्रतिवेदनमा मार्फा थकाली, तिनगाँउले थकाली, ताङबेलगायतका १२ जातिलाई छुटाईएको उनीहरुको आरोप छ ।
आईतबार
नै आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको नेतृत्वमा
गएको टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई कास्कीका प्रमुख जिल्ला
अधिकारी बसन्तराज गौतममार्फत आठ बुँदे ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापनपत्रमा
हालै सार्वजनिक गरेको परिणाम मिथ्यांक, अविश्वासनीय, षडयन्त्रपुर्ण र
आदिवासी जनजातिको पहिचान, भाषा, धर्म, संस्कृति नै नष्ट गर्ने उद्धेश्य
अनुरुप आएकोले गम्भीर आपत्ति रहेको उल्लेख छ ।
0 comments