Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नेपालमै स्वीपरको तलव ५० हजार, तैपनि हड्ताल !

Published on Monday, December 3, 2012 12:30 PM //

१८ मंसिर, काठमाण्डौ । स्वीपर अर्थात, कुचो लगाउने र भुईं सफा मजदुरले नेपालमै मासिक ५० हजार रुपैयाँ तलव पाउँछन भन्दा तपाईलाई पत्यार नलाग्ला । तर, अचम्म सवैभन्दा तल्लो तह अर्थात स्वीपरमा ५० हजार कमाउने त्यही कम्पनीका मजदुर बारम्बार सुबिधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिन्छन् ।

चुरोट उत्पादन गर्ने सूर्य नेपालको बाराको सिमरास्थित उद्योगमा यस्तै भइरहेको छ । पटकपटकको हड्तालले आजित भएपछि ब्यबस्थापनले कम्पनीको उत्पादन प्लान्ट नै सारेर तनहुँ लैजादै छ । हरेक महिनाजसो मजदुर युनियनले सुबिधा बृद्धिको माग गर्दै उत्पादन बन्द गर्ने र ब्यबस्थापकलाई थुन्ने गरेपछि ब्यबस्थापन आजित भएर १ अर्बको लगानीमा तनहुँमा नयाँ उत्पादन युनिट बनाउन लागेको आजको कान्तिपुर दैनिकले छापेको छ ।
सूर्य नेपालको सिमरास्थित उत्पादन युनिटको सबैभन्दा तल्लो तहमा भर्ना हुने अदक्ष कामदारले आधारभूत तलव ९ हजार ८ सय रुपैयाँ पाउँछन् । प्रोत्साहन र बिशेष भत्ता गरि कामदारले मासिक थप १० हजार पाउँछन । तलव, भत्ता र प्रोत्साहन भत्ता बराबर सवैले दशैं भत्ता पनि पाउँछन् । कम्पनीले गत आर्थिक बर्षको मुनाफाका आधारमा दशैंअघि बोनस बाँड्दा अदक्ष कामदारको हातमा ३ लाख रुपैयाँ परेको थियो ।
शनिवार काम लगाउँदा ओभरटाइम र सट्टाबिदा पनि दिने गरेको छ । त्यतिमात्र हैन अदक्ष कामदारको तलव हरेक बर्ष ५ प्रतिशतले बढ्छ भने भत्ता २० प्रतिशतले बढ्छ । कामदारको चार जनासम्मको परिवारलाई औषधी बिमा, हरेक महिना स्वास्थ्य परिक्षण लगायतका सुबिधा पनि दिएको छ । तैपनि सूर्य नेपालले हड्तालको मार खेपिरहेको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!