घुस लिँदा रंगेहात पक्राउ परेका ५ ट्राफिक निलम्बित
Published on Saturday, December 1, 2012
8:50 PM //
news
१६ मंसिर, ललितपुर । ललितपूर सानेपामा घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका पाँच जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
सानेपामा भारतीय गाडीमा घुस लिइरहेका बेला पक्राउ परेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ सहित ५ जनालाई निलम्बन गरिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार उनीहरुमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । महाशाखाका डिआईजी उपेन्द्रकान्त अर्यालले अनुगमनको क्रममा बिहीबार बेलुकी घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्रिनुभएको हो ।
0 comments