कलिउड : न्यू ट्रेलर रिलिज
Published on Saturday, December 1, 2012
7:45 PM //
Entertainment,
Video
अनौठो डरलाग्दो र रोमान्चक दुनिया कलिउडको कथालाई बुन्दै निर्देशक नवराज आचार्यले आफ्नो फिल्मको नयाँ ट्रेलर रिलिज गरेका छन् । भाईटिकाको दिन पहिलो ट्रेलर रिलिज गर्दा जति सकारात्मक प्रतिक्रिया निर्देशक आचार्यले पाएका थिए त्यो भन्दा बढी नयाँ ट्रेलरबाट दर्शकको मन जित्न सक्ने उनको ठम्याई छ । पहिलो ट्रेलर अनलाईन तथा फिल्महलका दर्शक लक्षित थियो भने आज सार्वजनिक गरिएको ट्रेलर टेलिभिजन दर्शकका लागि ।
न्यू स्टार प्रिंयका कार्की र आर्यन सिग्देलको केमेष्ट्रीले भरिएको कलिउडको प्रोमोशनलाई तिब्रता दिईदै दुई दिन पश्चात फिल्मको गित पनि सार्वजनिक गरिने प्रोडक्सन कम्पनी जि वान क्रिएसनले जनाएको छ । टंक कार्कीको निर्माण रहेको यो फिल्ममा बिष्णु कार्की र पायल थापाको पनि मुख्य अभिनय रहेको छ ।












0 comments