Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सुरुमा श्रीमती, त्यसपछि आफैलाई गोली हाने २५ वर्षका युवकले

Published on Sunday, December 2, 2012 10:22 AM //

दिलबहादुर छत्याल, धनगढी, मंसिर १७ - कैलालीमा एक २५ वर्षका युवकले आफ्नी २१ वर्षकी श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। श्रीमतीलाई गोली हानेपछि उनले आफैलाई पनि गोली हानेको र उनी घाइते रहेको कैलालीका प्रहरी उपरीक्षक घनश्याम अर्यालले बताए।

घटनास्थल कैलालीको सहजपुर गाविस वडा नम्बर २ लोसेमा प्रहरी जाँदै गरेकोले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
उनका अनुसार २५ वर्षका तिलक सारु मगरले २१ वर्षकी आफ्नी श्रीमती कोपिला सारु मगरलाई गोली हानेको प्रारम्भिक रिपोर्ट आएको छ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!