राउटेले राहतस्वरूप पाएको सामान बेचेर रक्सी खाएको खुलासा
Published on Tuesday, December 11, 2012
4:15 PM //
news
एक साताअघि कारितास नेपालको सहयोगमा राउटे उत्थान केन्द्र नेपालले राउटेका लागि कम्बल ९२ थान, त्रिपाल-जुत्ता-फेटा-पछ्यौरा ५०-५० थान, म्याट दुई रोल गरी झन्डै रु दुई लाखको सामान राहत बाँडिएको थियो । राउटे समुदायका केही व्यक्तिले सस्तो मूल्यमै जुत्ता र कम्बल नजिकैको बजारमा बेचेर सोफी ब्रान्डको रक्सी खरिद गरी खाएको बरला बजारका एक स्थानीय व्यापारीले बताउनुभयो । राउटेले रु ६०० मूल्य पर्ने जुत्ता बजारमा रु २०० मा बेचेको र आफूले पनि दुई जोर किनेको ती व्यापारीले जानकारी दिनुभयो । राउटेले राहतस्वरूप पाएका कम्बल, जुत्ता तथा पछ्यौरा नजिकैका गाउँमा गएर कुखुरा, अन्न, रक्सी आदिसँग साट्ने गरेको पनि उहाँले बताउनुभयो । रासस












0 comments