Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

आपत्ति जनाएपछि कपडा लाइन् पुजनाले

Published on Tuesday, December 11, 2012 4:46 PM //

लामो समयसम्म चलचित्रभन्दा पर बसेकी नायिका पुजना स्त्रीले रक्षा नामक सिनेमामा एक हट बेडसीनको दृश्य दिएपछि खुबै चर्चा कमाइन् । चलचित्रका नायक अशोक फुयाँलसँग उत्तेजक बेड सीन दिएपछि पुजनाको चर्चा र आलोचना दुबै भयो । तर, छायांकन सकेलगतै निर्माण पक्षले चलचित्रको फस्ट लुक सार्वजनिक गर्यो । फस्ट लुकमा नायिका पुजना स्त्रीलाई टपलेसरुपमा प्रस्तुत गरिएको छ ।

तर, पुजनाले पोष्टरमा आपत्ति जनाएपछि निर्माण पक्षले नयाँ पोष्टर तयार पारेको छ । नयाँ पोष्टरमा नायिकालाई कपडा लगाइएको छ ।
पुजनाले पोष्टर सार्वजनिक भएलगत्तै निर्माण पक्षसँग आपत्ति जनाउदै आएकी छन् । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमालाई पबन बस्नेतले निर्माण गरेका हुन् । राजनीति र सेक्सको सम्वन्धलाई देखाउन खोजिएको यो चलचित्रमा राजेश हमाल, सारिका घिमिरेलगायतका कलाकारको पनि अभिनय छ । चलचित्र चैत्र महिनाबाट प्रदर्शनमा आउने निर्माण पक्षको भनाइ छ ।
निर्देशक राजु गिरी यसअघि पनि पोष्टर बिबादमा फसेका थिए । चलचित्र बिन्दासको पोष्टर सार्वजनिक भएलगै राजु र नायिका सुष्मा कार्कीवीच लफडा भएको थियो ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!