Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४०.३८ प्रतिशत उत्तिर्ण

Published on Tuesday, December 11, 2012 3:44 PM //

काठमाडौं, मंसिर २६- उच्च माध्यामिक शिक्षा परिषद्ले ०६९ साल जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकासित गरेको छ। शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकाय गरी नियमिततर्फ कूल २ लाख ८२ हजार ३ सय ५९ परिक्षार्थी सम्लितमध्ये १ लाख १४ हजार १९ विद्यार्थी उत्तिर्ण भएका छन्।

गत वर्षको तुलनामा यस वर्ष १.३८ प्रतिशत विद्यार्थी वृद्धि भएको छ। गत वर्ष ३९ प्रतिशत विद्यार्थीमात्र पास भएका थिए।
यसैगरी आंसिकतर्फ १ लाख ५८ हजार ६ सय ८९ परीक्षार्थी सहभगी रहेकोमा ५१ हजार ५ सय २५ परिक्षार्थी पास भएका छन्। यो ३२.४७ प्रतिशत हुन आउँछ। आंसिकतर्फ गत वर्ष ४० प्रतिशत पास भएका थिए। यस वर्ष आंसिकतर्फ ७.५३ प्रतिशत विद्यार्थी घटेका छन्। 'यस वर्ष विद्यार्थीले परीक्षामा राम्रो गरेकोले नतिजा बढेको छ,' मिश्रले भने, 'हामीलाई पनि नतिजा प्रति सन्तुष्टि छ।' परिषदले एक विषयमा फेल हुने विद्यार्थीकोलागि मौका परिक्षाको मिति पुस २८ मा तोकेको छ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!