Published on Tuesday, December 11, 2012
3:39 PM
//
news

काठमाडौं,मंसिर
२६ (एजेन्सी) । अभिनेत्री मनीषा कोइरालाको पाठेघरको शल्यक्रिया सम्पन्न
भएको छ । उनको शल्यक्रियागर्न करीब ७ घण्टा लागेको थियो । स्थानीय
समयअनुसार सोमबार राति साढे एघार बजे अर्थात नेपाली समयअनुसार मंगलबार
बिहान सवा दश बजे शल्यक्रिया सकिएको हो । कोइरालाको शल्यक्रिया न्युयोर्कको
म्यानहाटनमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा चिकित्सक
डेनिस ची ले गरेका हुन् । ची, न्युयोर्कमै नाम चलेको ‘ओभोरियन क्यान्सर’
रोग बिशेषज्ञ हुन् । करीब १ सय ३० वर्ष पहिले स्थापना भएको मेमोरियल स्लोन केटरिङ क्यान्सर
सेन्टर विश्वकै प्रसिद्ध क्यान्सर अस्पताल हो । शल्यक्रिया सकिए पनि केही
साता मनीषा अस्पतालमै रहने अस्पतालले जनाएको छ ।
0 comments