Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नक्कली विद्यर्थीलाई छुट्टै राखेर परीक्षा

Published on Tuesday, December 11, 2012 1:49 PM //

२६ मंसिर, काठमाण्डौं । राष्ट्रिय सतर्कता केन्द्रले त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षा दिएका ४४ विद्यार्थी नक्कली भएको पत्ता लगाएको छ । ती विद्यार्थीलाई पशुपति बहुमुखी क्याम्पसमा छुट्टै कोठामा राखेर पुस्तक र चोर्ने व्यवस्थासहित परीक्षा दिलाईएको छानविनका क्रममा पत्ता लागेको केन्द्रले जनाएको छ ।

त्रिचन्द्र क्याम्पसका ४४ विद्यार्थीले प्रथम बर्षमा समेत भर्ना नगरेको र दोस्रो बर्षको परीक्षामा सहभागी भएको सतर्कता केन्द्रको अनुसन्धानमा देखिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । सतर्कता केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाको नेतृत्वको ‘त्रिचन्द्र क्याम्पस अनियमित फारम दर्ता छानबिन समिति’ले सोमबार क्याम्पसमा छापा मारी परीक्षा सुरु हुनु एक दिनअघि फारम भर्ने ती विद्यार्थी नक्कली भएको पत्ता लगाएको हो ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!