फिल्मको सुटिङमा कलाकारले साँच्चिकै पिटाइ खाए
Published on Tuesday, December 11, 2012
12:59 PM //
Entertainment
उनले मानवअधिकारबारे सरोकारवालालाई संवेदनशील बनाउन फिल्मको प्रयत्न सार्थक हुनसक्ने भनाइ राखे।
फिल्म ‘बधशाला'बारे सोच्न नाटकीय शैलीमा यसको मर्म देखाइएको
फिल्म युनिटले जानकारी दियो। निर्देशक मनोज पण्डितले कार्यक्रममा भने,
‘यातनाघर भित्रको कथा भएकोले कलाकारहरुलाई धेरैभन्दा धेरै पिट्छु भन्ने
सोचेको थिए। तर, सोचेअनुरुप पिट्न सकिन, माया लाग्यो।'
राज्यले उल्लंघन
गरेको मानवअधिकार घटनाबारे प्रश्न उठाउन फिल्म बनाइएको उनले जानकारी दिए।
उनले आफ्नो सोचमा साथ दिने कलाकारलाई धन्यबाद दिए। यसअघि ‘लक्ष्य' र
‘दासढुंगा' बनाएका पण्डितले यसपटक रिलिजका बेला निर्माता निस्क्रिय नहुने
विश्वास व्यक्त गरे। ‘निर्माताले भने अनुसारको सहकार्य गरिदिएका छन्। त्यसैले १८ दिनमै सुटिङ सकियो। रिलिजमा पनि यो जोश बाँकी रहने आशा लिएको छु,' निर्माता मोहन डोटेलकै सामु उनले भने।
डोटेलले पनि फिल्म निर्माणलाई नै मुख्य लक्ष्य बनाएको उल्लेख गर्दै टुंगोमा नपुगुन्जेल पछि नहट्ने बताए।
यसै फिल्मबाट डेब्यु गरेका खगेन्द्र लामिछानेले फिल्मको अनुभव यादगार रहेको अनुभव गरे। ‘निर्देशकले भनेअनुसारले काम गरियो। अलिअलि भन्दा भन्दै धेरै कुटाइ खाइयो। घाउ निको हुन नै १५ दिन लाग्यो,' उनले भने।
अभिनेता अनुप बरालले मानव अधिकारसम्बन्धी फिल्म भएकोले काम गर्न रुचि जागेको बताए। ‘हरेक पटक नयाँपन खोज्ने मेरो रहर यसमा पनि पूरा भएको छ। यातनागृहभित्रको यथार्थ उतार्न खोजेका छौं,' उनले भने।
अभिनेत्री सरिता गिरीले सुटिङमा कुटाइ खाएको सम्झँदा अहिले पनि डर लाग्ने बताइन्। ‘हरेक दिन पिटाइ खाएर घर पुगिन्थ्यो। सुटिङ सकिएपछि तीन दिन थकाइ मारेँ,' उनले अनुभव सुनाइन्।
स्म्यासिङ एप्पलको प्रस्तुति ‘बधशाला'मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, समुना केसी र पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन्। शैलेन्द्र डी कार्कीले यो फिल्म खिचेका हुन्। करिव १०० मिनेटको फिल्म फागुन २५ गते रिलिज गर्ने निर्माताको योजना छ।












0 comments