Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

आफूलाई झापड हान्नेको धरौटी दाहाल आफैले तिरे, कुँवरलाई आजै छाडिने

Published on Tuesday, December 11, 2012 12:15 PM //

काठमाडौँ, मंसिर २६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेको कसुरमा धरौटी तिर्न नसकेर कारागार पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिर्ने बताएका छन्। धरौटी वापतको रकम उनका सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।   दाहालले आजै उनलाई हिरासतमुक्त गर्न आग्रह गरेको खकुरेलले बताए। 
धरौटी तिर्न नसकेपछि कुँवरलाई हिजो केन्द्रीय कारागार पठाइएको थियो। हिजै विभिन्न ठाउँबाट उनका लागि सहयोग रकम जुटेको थियो।

भृकुटी मण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले दाहाललाई चश्मा भूँइमा खस्ने गरी हातपात गरेका थिए। लगत्तै एमाओवादी कार्यकर्ताहरुको पिटाइबाट घाइते भएका कुँवरलाई उपचारपछि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको थियो।

पार्टीसँग पारिवारिक सम्बन्ध रहेका कुँवरलाई आफूले माफी दिइसकेको दाहालले विभिन्न अन्तर्वार्तामा बताए पनि यो घटना हुनुको कारण खोज्नुपर्ने उनको भनाई थियो। कुँवरले आवेशमा आएर हात उठाएको बयान प्रहरीलाई दिएका छन्।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!