ए डिभिजन लिगमा मच्छिन्द्रको शीर्षता कायमै
Published on Sunday, December 9, 2012
5:59 PM //
Sports
२४, मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले शीर्षता कायमै राखेको छ ।
आइतबार भएको खेलमा बाँसबारीलाई २-० गोल
अन्तरले पराजित गर्दै मच्छिन्द्रले अपराजित यात्रा कायमै गरेको हो । जितपछि
लिग लिडर मच्छिन्द्रको ५ खेलबाट १३ अंक भएको छ भने बाँसबारी १ अंकसहित
पुछारबाट दोस्रो स्थानमा छ ।
लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित हात
पारेको छ । फ्रेण्ड्सले संकटामाथि १-० को जित निकालेको हो । जितपछि ५
खेलबाट ५ अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा छ भने ८ अंक जोडेको संकटा
पाँचौं स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको
प्रतिस्पर्धात्मक खेलमा फ्रेण्ड्सले ३१ औं मिनेटमा विष्णु केसीले गोल गरेका
हुन् ।












0 comments