Exclusive : कलिउड फष्टलुक पोष्टरहरु यस्ता छन्
Published on Sunday, December 9, 2012
6:35 PM //
Entertainment
पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल रिलिज गरिएको छ ।
यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा
पोष्टरहरुलाई फष्टलुकको रुपमा फिल्मीखबर मार्फत रिलिज गरेको हो ।
आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु
कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा
हेरिएको यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर
नवराज कलिउडको रिजल्टलाई आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन किन कि उनले
१४ बर्षे मिडिया अनुवभको आधारमा यो फिल्म निर्देशनमा हात हालेका हुन ।
तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् ।
पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि
चलिरहेको छ जुनकुरा लाई निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको
आधिकारिक परिभाषा पनि दिन खोजेका छन् ।
0 comments