Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

दुबईमा झुमे नेपाली कलाकार (फोटो फिचरसहित)

Published on Sunday, December 9, 2012 5:16 PM //

नेपालकै इतिहासका पहिलोपटक अन्तरराष्ट्रिय रुपमा आयोजना भएको नेपाली सिनेमासम्वन्धी अवार्ड बक्स अफिस फिल्म अवार्ड २०६० दुबईमा शुक्रबार सम्पन्न भएको छ ।
बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबईको संयुक्त आयोजनामा शुक्रबार दुबईको अल नासर लिसरल्याण्डमा अवार्डको कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट नायक शिव श्रेष्ठलाई सम्मानित गरिएको छ । कार्यक्रममा नेपाली सिनेमाका कलाकारहरुले गीतसंगीत तथा नृत्यमार्फत मनोरञ्जन दिएका थिए ।
गायिका निशा सुनुवारले चक्कु छुरी बोलको गीत गाएलगत्तै नायिका पूजना स्त्रीले नौनी नौनी बोलको गीतमा नृत्य गर्दा अवार्ड कार्यक्रम तातेको थियो । यस्तै शंकर बीसी र भावना ढकालको नृत्यमा दर्शकले सिटी बजाएर रमाइलो गरेका थिए ।
लोक दोहोरी क्षेत्रकी चर्चित गायिका मुना थापाको गीत तीते करेलीलाई पनि दर्शकले मन पराएका थिए । कार्यक्रममा नायिका रेखा थापा र नायक सुमन सिंहको युगल नृत्यले दर्शकलाई थप मनोरञ्जन दिएको थियो ।
कार्यक्रममा नेपाली राजदुत धनन्जय झा प्रमुख अतिथिका रुपमा निम्त्याइका थिए । कार्यक्रमको सञ्चालन निमेश गिरी र सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । पहिलोपटक अन्तराष्ट्रिय रुपमा आयोजना गरिएको बक्स अफिस फिल्म अवार्डमा ३१ विधा समावेश थियो । ३१ विधामा अवार्ड पाउने कलाकारहरुको नामावली यसप्रकार छ ।
उत्कृष्ट ध्वनी : (फस्ट लभ) माधव वाग्ले,
उत्कृष्ट पाश्र्व गायक : (कसले चोर्यो मेरो मन) दिपक लिम्बु
उत्कृष्ट गायिका :  अन्जु पन्त
उत्कृष्ट पाश्र्व संगीत : (बाटोमुनिको फुल) गोपाल रसाईली
उत्कृष्ट गीतकार (कस्ले चोर्‍यो मेरो मन ) किरण खरेल
उत्कृष्ट संगीत : (कस्ले चोर्‍यो मेरो मन) लागि सुरेश अधिकारी
उत्कृष्ट सम्पादन : (बाटो मुनिको फुल) विपीन मल्ल
उत्कृष्ट कथा : (दशगजा) लागि नवल खड्का
उत्कृष्ट छायाकंन : (व्याच नं.१६) पुरुषोत्तम प्रधान
उत्कृष्ट बालकलाकार : (श्रीमान)संगम बिष्ट
उत्कृष्ट खलनायक : धिरेन शाक्य
उत्कृष्ट हांस्य कलाकार जयकिशन बस्नेत
उत्कृष्ट चरित्र अभिनेता : निर शाह
उत्कृष्ट चरित्र अभिनेत्री : (दशगजा) शुभद्रा अधिकारी
उत्कृष्ट सहनायक कर्म शाक्य
उत्कृष्ट नवनायक : (बाटोमुनिको फुल) यस कुमार
उत्कृष्ट सहनायिका : निशा अधिकारी
भिउवेर च्वाइस तुलसी घिमिरे(निर्देशक)
भिउवेर च्वाइस : राजेश हमाल(नायक)
भिउवेर च्वाइस : रेखा थापा(नायिका)
भिउवेर च्वाइस : फस्ट लभ(सिनेमा)
भिउवेर च्वाइस : छवि ओझा (निर्माता)
विशेष अवार्ड माधव वाग्ले
हल संचालक : गोपाल कायस्थ
उत्कृष्ट नव नायिका ऋचा शर्मा(फस्ट लभ)
उत्कृष्ट नव निर्देशक : सविर श्रेष्ठ(कसले चोर्यो मेरो मन)
उत्कृष्ट निर्देशक : सुरज सुब्बा (बाटो मुनिको फुल)
उत्कृष्ट नायिका : रेखा थापा(कसले चोर्यो मेरो मन)
उत्कृष्ट नायक : आर्यन सिग्देल(कसले चोर्यो मेरो मन)
उत्कृष्ट सिनेमा : बाटोमुनिको फुल
यस्तै कार्यक्रममा विशेष सम्मान-पत्रबाट नायक भुवन केसी, सुमन सिंह, मोहनकृष्ण श्रेष्ठ, मधुकुमार श्रेष्ठ र सुनिल मानन्धरलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाली सिनेमाका अधिकांश नायक तथा नायिकाको उपस्थिति थियो ।
तस्बिर  लालबहादुर ढेंगा र अम्बिका भन्डारी

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!