Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कङ्ग्रेस वरिष्ठ नेता भीमबहादुर तामाङको निधन

Published on Saturday, December 1, 2012 10:15 AM //

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता भीमबहादुर तामाङको निधन भएको छ। बिहान ८:३० बजे अस्पताल पुर्‍याइएका तामाङलाई अस्पताल पुग्दा वितिसकेका थिए। पाँच दशक नेपाली कङ्ग्रेसको राजनीतिमा सक्रिय रहेका तामाङ दोलखा जिल्लाको वफेलमा जन्मिएका थिए। निष्ठाको राजनीतिमा नेपाली कङ्ग्रेसभित्र सक्रिय केही सीमित नेताभित्र उनी पर्थे।

अस्पताल सुत्रका अनुसार अस्पताल पुग्दा उनको स्वासप्रस्वास बन्द भइसकेको थियो भने मुटुले काम गर्न छाडिसकेको थियो। इमरजेन्सीमा लगिएका तामाङको कृतिमरुपमा मुटु र फोक्सो चलाउने प्रयास गरेका थिए। तर, उनको नाडी, स्वासप्रस्वास, मुटु कुनैले पनि काम गर्न सकेन। नाडीमा तातोपन नभेटिएपछि उनलाई बचाउन नसकिएको जानकारी चिकित्सकहरुले गराए।
२०१४ सालमा नेपाली कङ्ग्रेसको सदस्यता लिएका उनी पछिल्लो पटक नेपाली कङ्ग्रेसको स्वतन्त्र खेमाबाट सभापति पदका प्रत्यासी थिए। पञ्चायतकालीन राजनीतिमा नेपाली कङ्ग्रेसका नेता सुवर्ण शम्शेरको नेतृत्वमा भएको सशस्त्र क्रान्तिमा लडाकु रहेका उनी विपी कोइरालासैगै २०३६ सालको जनमत संग्रह अगाडि नेपाल आएका थिए।
उनलाई अस्पताल लगिएलगत्तै ठूलो संख्यामा नेपाली कङ्ग्रेसका नेता- कार्यकर्ता नर्भिक अस्पताल पुगेका थिए। नेपाली कङ्ग्रेसले उनको शवलाई १२ बजेपछि पार्टी कार्यालय सानेपा लैजाने निधो गरेको छ। त्यहाँ श्रद्धाञ्जलीका लागि उनको पार्थीव शरीर राखिने बताइएको छ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!