Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

अतिफ असलमको कन्सर्टमा के-के भयो ? (भित्री रहस्य सहित)

Published on Saturday, December 1, 2012 10:37 AM //


पाकिस्तानी पप गायक अतिफ असलमको कन्सर्ट हेर्न करिब दश हजारको उपस्थिती दशरथ रंगशालशामा देखिएको थियो । मिडिया सहित आफ्नो ब्याण्डको दश जना सदस्यका  साथ असलम दिउँसो २ बजेर ४० मिनेटमा नेपाल अवतरण भएका थिए भने बेलुकी पाँच बजेर ३५ मिनेट जाँदा स्टेजमा देखा परेका थिए ।

असलमले लगातार एक घण्टा ५० मिनेट सम्म १६ वटा गीत गाएका थिए । अपेक्षा गरिए भन्दा कम रमाईलो दिएका असलमको तीन वटा गीतमा वान्स मोरको आवाज आएको थियो । आयोजक ओडीसी ईन्टरटेन्मेन्टको अपेक्षा अनुरुप यो कन्सर्टमा महिलाहरुको उपस्थिती ज्यादा देखियो । कन्सर्ट हेर्न गर्भवती महिला देखि लिएर बालबालिकाको समेत उपस्थिती देखिएको थियो ।

२९ बर्षे ह्याण्डसम असलमको बाहिरी आवरणको सौन्दर्यपन कन्सर्ट जति देखियो त्यो भने स्टेज पछाडी केही फरक फिल्मीखबरले देख्यो । कन्सर्ट सकिएपछि पनि उनलाई दर्शकले घेर्न छाडेका थिएनन् । सोही क्रममा उनलाई महिला पुरुष दुवै फ्यानले अटोग्राफको लागि आग्रह गरिरहेका थिए । तर उनले आफ्ना ब्याण्डका सदस्यलाई पठाएर युवतीहरुलाई मात्र रिसेप्सन रुममा ल्याएर अटोग्राफ दिएका थिए ।

असलमको निर्देशनमा ढोकाबाट छिरिसकेका पुरुष फ्यानहरुलाई निकालिएको थियो भने केही युवतीहरुलाई हात समाएर रिसेप्सन तर्फ उनका साथीहरुले लगेका थिए । श्रोत अनुसार असलमलाई ३० हजार डलर (नेपाली रुपैया करिब २६ लाख) तिरेर ओडिसी ईन्टरटेन्मेन्टले नेपाल झिकाएको हो । उनको नेपाल बसाई २ दिनको हुनेछ । उनलाई आयोजकले लाजिम्पाट स्थित होटल र्‍याडिसनमा राखेको छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!